Incident Reports

पाँचथरको एक विद्यालयमा अभिभावकले लगाए ताला

2022-06-23

Province 1, Panchthar, Phidim, Ward 10

पाँचथर — प्रधानाध्यापक नै शैक्षिक वातावरण बिगार्न उद्यत रहेको भन्दै फिदिम नगरपालिका १० को सिद्वदेवी आधारभूत विद्यालय प्रशासनमा अभिभावकले ताला लगाएका छन् ।

प्रधानाध्यापक कुसुमहाङ थाम्सुहाङले व्यवस्थापन व्यवस्थापन समिति विघटन गर्नुका साथै पठनपाठनमा प्रत्यक्ष प्रभाव पारेको, आर्थिक अनियमितता गरेको लगायत आरोप लगाउँदै बिहीबार मध्याह्न विद्यालयमा ताला लगाइएको हो । थाम्सुहाङले विद्यालयको रित्त दरबन्दीमा सरुवा भएर आएकी स्थानीय रिता तुम्बापोलाई चार महिनादेखि हाजिर गर्न नदिइ हुकुमी शासन चलाएकाले पनि ताला लगाइएको स्थानीय अविभावक चन्द्र लिम्बूले बताए ।

थाम्सुहाङले भने प्रक्रिया नपुर्‍याई सरुवा भएर आएकाले हाजिर हुन नदिएको प्रतिक्रिया जनाएका छन् । शिक्षिका तुम्बापोलाई कुनै पनि हालतमा हाजिर हुन नदिने थाम्सुहाङको अडान छ । सरुवा भएर आएकी शिक्षिकालाई हाजिर गराउनुको सट्टा विद्यालयको दरबन्दी नै हटाउनुपर्ने थाम्सुहाङको तर्क छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments