Incident Reports

एमाले निकट अनेरास्ववियूद्वारा विराटनगरस्थित नेपाल आयल निगम घेराउ

2022-06-24

Province 1, Morang, Biratnagar

एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियू मोरङले पेट्रोलियम पदार्थलगायतका अत्यावश्यक वस्तुमा गरिएको मूल्यवृद्धि विरुद्ध आन्दोलन थालेका छन्।

पेट्रोलियम पदार्थ र इन्धनको मूल्य बढाएर सरकारले नागरिकलाई समस्यामा पारेको भन्दै विद्यार्थी संगठनले शुक्रबार नेपाल आयल निगमको विराटनगरस्थित प्रादेशिक कार्यालय घेराउ गरेका हुन्। मूल्यवृद्धि फिर्ता लिनुपर्ने मागसहित हाल उनीहरुले सरकार र आयल निगमका अधिकारीविरुद्ध नाराबाजी र प्रर्दशन गरिरहेका छन्। निगम परिसरमा हाल नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ।

२०७९ असार ५ गते रातिको १२ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलमा २१, डिजेल तथा मट्टितेलमा २७, आन्तरिक हवाई इन्धनमा १९ र बाह्य हवाई इन्धनमा १०० अमेरिकी डलरले मूल्यवृद्धि गरेको छ। साविकको खुद्रा मूल्यमा गरिएको वृद्धि पश्चात हाल पेट्रोल १९९, डिजेल तथा मट्टितेल १९२ र आन्तरिक हवाई इन्धन १८५ रुपैयाँ प्रतिलिटरका दरले बिक्री भईरहेको छ। निगमले एलपी ग्यासको मूल्य भने यथावत नै राखेको छ। तर, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धिको प्रभाव अन्य क्षेत्रमा समेत परेकाले आम नागरिकको दैनिकी कष्टकर बन्दै गएको विद्यार्थी नेताहरुले बताएका छन्।

मूल्यवृद्धिका कारण दैनिक घरायसी सामाग्रीहरु समेत महङ्गो हुँदै गएकाले हाल घरपरिवार पाल्न पनि हम्मेहम्मे परेको उनीहरुको गुनासो छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people N
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
National/Online Media

0 Comments