Incident Reports

किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन माग गर्दै धर्ना

2022-06-27

किसानलाई समयमै मल र बीउ उपलब्ध गराउन माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँचथरले सोमबार कृषि ज्ञान केन्द्रमा धर्ना दिएको छ । ‘कृषि प्रधान देशमा किसानलाई मल, बीउबिजन उपलब्ध नहुनु बिडम्बना हो । माना रोपेर मुरी फलाउने बेलामा सरकार कानमा तेल हालेर बसेको छ । यसकारण कृषि ज्ञान केन्द्रमार्फत हामी सरकारको गम्भीर ध्यानाकर्षण गर्दछौं,’ पाँचथर जिल्ला आन्दोलन परिचालन समितिका संयोजक राजकुमार जोशीले घेराउ कार्यक्रमलाई सम्बोधन गर्दै भने । ‘एकातिर चर्को मूल्य वृद्धि छ भने अर्कोतिर मल, बिउको अभाव छ । यस्तो अवस्थामा आम जनताले गरी खान पाएका छैनन्, किसानले खेतीपाती गर्न पाएका छैनन् । त्यसैले सरकारको गैर जिम्मेवारीको हामी विरोध गर्दछौं,’ राप्रपाका जिल्ला नेता झलकमान थापाले भने । पार्टी कार्यालयबाट र्‍पालीसहित निस्केका राप्रपाका नेता कार्यकर्ताले किसानलाई सहज रूपमा मल उपलब्ध गराऊ, सुफत मूल्यमा बिउ बिजन वितरण गर, कृषक बाली वीमा गर भनेर नारा लगाएका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments