Incident Reports

सरकारविरुद्ध झापाको बिर्तामोडमा राप्रपाको राँके जुलुस

2022-07-01

Province 1, Jhapa, Birtamod

झापा – पेट्रोलियम पदार्थमा भइरहने मूल्यबृद्धिलगायत विभिन्न १९ सुत्रीय माग राखेर प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएको राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता तथा कार्यकर्ताले शुक्रबार साँझ झापाको बिर्तामोडमा राँके जुलुस प्रदर्शन गरेका छन्। झापाका विभिन्न स्थानबाट भेला भएका राप्रपाका नेता तथा कार्यकर्ताले बिर्तामोडको मुक्ति चोकमा शुक्रबार साँझ राँके जुलुस प्रदर्शन गरेका हुन्। विभिन्न मागसहितका प्लेकार्ड बोकेका राप्रपाका कार्यकर्ताले कोणसभा सकिएपछि राँके जुलुस प्रदर्शन गरे। प्रदर्शनका क्रममा प्रहरीसंग उनीहरूको घम्साघम्सी पनि परेको थियो। प्रहरीले राँको खोस्ने क्रममा केही कार्यकर्ता आक्रोशित भएका थिए। कोणसभालाई सम्बोधन गर्दै राप्रपा झापाका अध्यक्ष केशव ओझाले आफ्ना मागप्रति सरकार गम्भीर नभए अझ कडा आन्दोलन गर्ने चेतावनी दिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations RPP
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments