Incident Reports

निजी स्कूलले चर्को शुल्क असुलेको भन्दै वीरगंजमा प्रदर्शन

2022-07-02

Madhes, Parsa, Birgunj

वीरगंज : निजी विद्यालयले विद्यार्थीसँग मनोमानी शूल्क असुलेको भन्दै वीरगंजका अभिभावकहरु सडकमा उत्रिएका छन्। अभिभावकहरुले संघर्ष समिति नै बनाएर शनिवारबाट सडक संघर्षमा उत्रिएका हुन्। संघर्ष समितिका संयोजक सन्दिपकुमार साहको नेतृत्वमा वीरगंजको घण्टाघरबाट निस्केको प्रदर्शन नगरको विभिन्न भागको परिक्रमा पछि पुनः घण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो। निजी विद्यालयले आफ्नो फाइदाका लागि वर्षैपिच्छे किताब परिवर्तन गर्ने, किताब किन्न पनि तोकिएको पसलबाट मात्रै लिनुपर्ने लगायतको व्यवस्थाले अभिभावकलाई आर्थिक भार थोपर्ने काम गरेको अभिभावकको आरोप छ। वीरगंजका मेयर राजेशमान सिंहले केही दिनमा शिक्षा समितिले पूर्णता पाउने र समिति आएपछि वास्तविक शुल्क निर्धारण गरिने बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
National/Online Media

0 Comments