Incident Reports

राहदानी विभागविरुद्ध युवा संघको प्रदर्शन

2022-07-03

Bagmati, Kathmandu, Kathmandu, Ward 11

१९ असार, काठमाडौं । राहदानी (पासपोर्ट) वितरणमा ढिलासुस्ती गरेको भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले राहदानी विभाग अगाडि विरोध प्रदर्शन गरेको छ । आज बिहान जुलुससहित पुगेका युवा संघ कार्यकर्ताहरुले त्रिपुरेश्वरस्थित विभागको गेट अगाडि भेला भएर प्रदर्शन गरे । प्रदर्शनमा सहभागीहरुले ‘कि रोजगार दे, कि पासपोर्ट दे’, ‘महँगीले सतायो, राहदानीले रुवायो’, ‘राहदानी मेरो अधिकार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth youth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments