Incident Reports

पाठ्यपुस्तक माग्दै विद्यार्थीको प्रदर्शन

2022-07-12

गाईघाट, असार २८ गते । शैक्षिक सत्र सुरु भएको तीन महिना बित्न लाग्दासमेत सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाले पाठ्यपुस्तक नपाएपछि सोमबार गाईघाटमा विद्यार्थीले जुलुससहित बजार परिक्रमा गरेका छन् । जनक शिक्षा सामग्री केन्द्रले समयमै किताब छापेर बजारमा ल्याउन नसकेपछि सदरमुकामस्थित त्रियुगा माध्यमिक विद्यालयमा अध्ययनरत बालबालिकाले हामीलाई पाठ्यपुस्तक चाहियो भन्दै जुलुस निकालेर गाईघाट बजार परिक्रमा गरेका हुन् । अघिल्ला शैक्षिक वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण लामो समयसम्म विद्यालय सञ्चालन हुन नसक्दा घरमै बसेर अध्ययन गरेका बालबालिकाको यस वर्ष भने कोरोना कहरबाट मुक्त भए पनि पाठ्यपुस्तकको अभावमा पठनपाठन प्रभावित बनेको सम्बन्धित विषय शिक्षकले बताएका छन् ।

आधारभूत तहको कक्षा ७ र माध्यमिक तहको कक्षा ९ को पाठ्यपुस्तकको भने निकै अभाव रहेको र त्यसबाट बालबालिकाको पठनपाठनमा अवरोध हुँदै आएको चौदण्डीगढी नगरपालिका–७ स्थित ज्योति माध्यमिक विद्यालय बेलटारका प्रधानाध्यापक राजकुमार ओझाले बताउनुभयो । सदरमुकाम आसपासका विभिन्न ३२ वटा सामुदायिक विद्यालयलाई विगत वर्षदेखि नै पाठ्पुस्तक बिक्री गर्दै आएको गाईघाटस्थित साझा पुस्तक पसलका प्रोप्राइटर चतुरनारायण चौधरीका अनुसार कक्षा ६, ७, ८, ९ र १० का पाठ्यपुस्तक अभाव छ । कक्षा ९ को अनिवार्य अङ्ग्रेजी जिल्लाभरि अभाव रहेको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार कक्षा ६ को नेपाली, सामाजिक र गणितबाहेक अन्य किताब अहिलेसम्म आएका छैनन् । त्यस्तै कक्षा ७ को किताब सीमित बालबालिकालाई मात्र पुग्ने गरी पूरै सेट आएको छ । कक्षा ८ को गणित, विज्ञान, कम्प्युटर र नैतिकबाहेक अरू कुनै पनि किताब नआएको तथा कक्षा १० को भने विद्यार्थी सङ्ख्याको अनुपातका कम मात्रामा किताब आएको साझा पुस्तक पसलका प्रोप्राइटर चौधरीले बताउनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments