Incident Reports

उदयपुरमा शिक्षामन्त्रीको पुत्ला दहन

2022-07-13

Province 1, Udayapur, Triyuga

नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले बुधबार शिक्षामन्त्री देवेन्द्र पौडेलको राजीनामा माग्दै पुत्ला दहन गरेको छ। पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले विद्यार्थीलाई पाठ्यपुस्तक समयमा वितरण गर्न नसकेको विरोधमा मन्त्री पौडेलको पुत्ला दहन गरेको हो।

दिउँसो ३ बजे सदरमुकाम गाईघाटस्थित आदिवासी चोकमा भेला भएका पार्टी नेता कार्यकर्तासहितको विद्यार्थी समूहले शिक्षा मन्त्री पौडेलको पुत्ला जलाउँदै केहीबेर चर्को नाराबाजी गरेको थियो। पुत्ला दहन कार्यक्रममा पार्टी जिल्ला सेक्रेटरी लक्ष्मण पौड्याल, जिल्ला सदस्यहरु मिनप्रसाद पोखरेल, जितबहादुर पुलामी र अखिल अध्यक्ष देहज बिष्टलगायतको सहभागिता थियो।

विद्यार्थीलाई समयमा पाठ्यपुस्तक उपलब्ध नगराएको विरोधमा शिक्षा मन्त्रीको पुत्ला दहन गरेको अध्यक्ष बिष्टले बताए। उनले त्रेमासिक परीक्षा दिने बेलासम्म पाठ्यपुस्तक उपलब्ध गराउन नसक्ने शिक्षा मन्त्रीलाई एक मिनेट पनि कुर्सीमा बस्ने अधिकार नभएको भन्दै तत्काल राजीनामा दिन सुझाए।

वैशाखदेखि शैक्षिक सत्र सुरु भएको ३ महिना बितिसक्दासम्म पाठ्यपुस्तक नदिँदा बालबालिकाको पठनपाठन प्रभावित भएको भन्दै नेकपाले देशव्यापी विरोध कार्यक्रम गर्दै आएको पार्टी सेक्रेटरी पौड्यालले बताएका छन्।

     सम्पादकत्वमा) काठमाडौँ, विराटनगर, नेपालगञ्ज, पोखरा र बुटवलबाट एक साथ प्रकाशन गर्दै आएको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments