Incident Reports

प्रहरीद्वारा निर्धात कुटपिट

2022-07-08

Gandaki, Lamjung, Besishahar, Ward 8

लमजुङ । प्रहरीले रातको समयमा घरमै गएर महिलामाथि निर्घात कुटपिट गरेपछि महिलाहरू आक्रोशित हुँदै न्याय माग गरेका छन् । बेंसीसहर-८ दनाई फाँटस्थित दुलाल टोलकी २ छोराकी आमा ३५ वर्षीया सवला दुलाललाई प्रहरीले निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएको हो। घाइतेको थप उपचारका चितवन रेफर गरिएको छ। 'शुक्रबार राति करिब १० बजे १२ वर्षको कान्छो छोराले पढेन भनेर उस्लाई गाली गर्दै बसिरहेको समयमा एक्कासि प्रहरी भ्यान आयो । गस्तीमा आएका ४/५ जना प्रहरीले बोलाए । किन ? भन्दै नजिक पर्नासाथ कञ्चनमा चड्काए र तान्न खोजे, पीडित महिलाले भनिन्, बिनाकारण किन जाने, जान्न भने । छातीमा समातेर रोडमा फ्याँके । प्रहरीले दुईतिर पाखुरामा समाउँदै रोडमा घिसार्दै भ्यानमा कोचे।'

उनले भनिन्, 'पिट्दै जिल्ला प्रहरी कार्यालय पुयाए । भ्यानबाट ओरालेपछि पनि पिट्ने काम रोकिएन । मैले मेरो के विराम छ र? भन्दा पनि अझ बोल्छस् भन्दै कुटिरहे । बेहोस् भएर ढलेछु । कति बेला होसमा आएँ थाहा भएन ।' उनले बिहान रिमरिमे उज्यालो हुने बेलामा जा तेरो भरमा भनेर छाडेको बताए । उनको शरीरमा प्रहरीको कुटाइले नीलडाम छ । छिमेकीको सल्लाहमा अस्पताल भर्ना गरिएको हो। उनलाई हस्पतालमा कुरेर बसेकी भाइबुहारी बिना अछामील् प्रहरीले घोर अन्याय गरेको हुँदा न्याय चाहिने बताउँछन् । यस घटनाबारे जानकारी दिन पीडित पक्षको एक प्रतिनिधि मण्डल जिल्ला प्रहरी कार्यालय गएको थियो । त्यहाँ प्रहरीका प्रमुखबाट जुनियर स्टाफबाट कमजोरी भएको रहेछ, उपचार खर्च लगायतको कारबाही गर्नुपर्ने सबै गछौँ भन्ने प्रतिवद्धता व्यक्त भएको पीडितका भिनाजु रणसिंह नेपालीले बताए। यसबारे जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा महिला कुटिएको खबर आएको र अनुसन्धान बाँकी भएकोले अहिले नै केही भन्न नसक्ने प्रहरी नायव उपरीक्षक कृष्णबहादुर कार्कीले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media

0 Comments