Incident Reports

वडाध्यक्षलाई स्वीमिङ पुलमा धकेल्ने डीएसपीमाथि कारबाहीको माग गर्दै प्रदर्शन

2022-07-18

तिलोत्तमा — तिलोत्तमा नगरपालिका वडा नं ४ का वडाध्यक्षलाई स्वीमिङ पुल (पौडी पोखरी)मा धकेल्ने प्रहरी अधिकारीलाई कारबाही गर्न नेकपा एमाले रुपन्देहीले माग गरेको छ । सोमबार प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै एमालेले तिलोत्तमा–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीमाथि दुर्व्यवहार गर्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीलाई कारबाहीको माग गरेको हो । नगरप्रमुख रामकृष्ण खाँणले ९० सदस्यीय जनप्रतिनिधि रहेको सभामा आइतबार ४२ जनाको मात्रै हाजिरी भएपछि गणपुरक संख्या नपुगेको भन्दै सभा स्थगित गरेका थिए ।

त्यस क्रममा नगरसभा स्थगित गरेको भन्दै एमालेका जनप्रतिनिधिले विरोध गरेका थिए । विरोधमा धकेलाधकेल हुने क्रममा डीएसपी केसीले तिलोत्तमा–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई मणिग्राम पार्टी प्यालेसको पौडी पोखरीमा खसालिदिएका थिए । बैठक स्थगित भएपछि नगरप्रमुख खाँण भएको हलमा पुगेका प्रमुख प्रशासकीय जीवन ज्ञवालीलाई हलबाट बाहिर निस्कन नदिइ विरोध सुरु गरेसँगै प्रहरी प्रशासनबाट एसपीसहितको टोली सो स्थानमा आएको थियो । ज्ञवालीलाई हलबाट निकालिसकेपछि रोक्न पुगेका एमालेका वडाध्यक्ष क्षेत्रीलाई प्रहरीले स्वीमिङ पुलमा खसालिदिएका थिए । सो घटनाको भत्सर्ना गर्दै एमालेका नेताहरूले डीएसपी केसी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीलाई कारबाही गर्न प्रमुख जिल्ला अधिकारी समक्ष माग गरेका हुन् ।

यसैबीच, युवा संघ नेपालले रुपन्देहीको तिलोत्तमा नगरपालिकाको चौथो नगरसभा स्थगन तथा वडाध्यक्षलाई पोखरीमा फाल्ने डीएसपीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेको छ । डीएसपी केसीलाई तत्काल कारबाहीको माग गर्दै युवा संघ नेपालले सोमबार रुपन्देहीमा विरोध प्रदर्शन गरेको हो । संघका केन्द्रीय अध्यक्ष सुमन पुरीले गृहमन्त्री बालकृष्ण खाँणले भाई रामकृष्णको आग्रहमा पदको दुरुपयोग गरी एमालेका जनप्रतिनिधिमाथि ज्यादती गरेको आरोप लगाए । डीएसपी केसीलाई तत्काल कारबाही गर्न र नगरसभा सञ्चालन गर्न माग गर्दै उनीहरूले आफूहरूको माग सम्बोधन नभए युवासंघले कारबाही गर्ने चेतावनी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments