Incident Reports

त्रिवि सेवा आयोगमा नेविसंघको तालाबन्दी, अन्तर्वार्ता नलिन माग

2022-07-30

Bagmati, Kathmandu, Kirtipur

नेविसंघले त्रिभुवन विश्वविद्यालय सेवा आयोगलाई प्राध्यापक तथा सहप्राध्यापकको अन्तर्वार्ता नलिन माग गरेको छ।

नेविसंघले सेवा आयोग कार्यालयमा शुक्रबार तालाबन्दी पनि गरेको थियो।

नेविसंघले गत साउन १ मा आयोगका अध्यक्ष प्रा.डा. लालुप्रसाद पौडेललाई विभिन्न पदमा लिखित परीक्षा पास गरेका उम्मेदवारलाई अन्तर्वार्ता नलिन ज्ञापन पत्रसमेत बुझाएको थियो।

नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले सेवा आयोगको निष्पक्षतामा प्रश्न उठेकोले अन्तर्वार्ता नलिन आग्रह गरिएको बताए।

अवकाशमा जान लागेका त्रिवि सेवा आयोगका अध्यक्षले अब अन्तर्वार्ता लिन नमिल्ने पनि उनले बताए।

त्रिवि सेवा आयोगले आजदेखि चार दिनसम्म लिखित परीक्षा पास गरेकाहरूको अन्तर्वार्ता सुरू गर्ने भनेको थियो। सेवा आयोगले अन्तर्वार्ता गरे प्रतिवाद गर्ने चेतावनी नेविसंघको छ।

यसैबीच आजै नेकपा एमालेनिकट अनेरास्ववियुले पनि सेवा आयोग कार्यालयमा प्रदर्शन गरेको थियो। अनेरास्ववियुले अन्तर्वार्ता सुरू गर्न सेवा आयोगलाई आग्रह गरेको छ।

आन्तरिकतर्फका सहप्राध्यापकहरूको अन्तर्वार्ता लिने तयारी आयोगको थियो।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments