Incident Reports

सिंहदरबारभित्रै कर्मचारीको प्रदर्शन

2022-08-01

Bagmati, Kathmandu, Kathmandu, Ward 32

आफ्ना माग निजामती सेवा ऐनमा सम्बोधन गर्न माग गर्दै सिंहदरबारमा कर्मचारीहरुले प्रदर्शन गरेका छन् । सोमबार बिहान उनीहरुले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि प्रदर्शन गर्दै मन्त्रालय घेराउ गरेका हुन् । संघ, प्रदेश र स्थानीय तहमा एकरूपता कायम गर्न तहगत व्यवस्था निजामति सेवा ऐनमा राख्नुपर्ने उनीहरुको माग छ । साथै शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक/अन्तरतहतर्फ प्रतिस्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने उनीहरूको भनाइ छ । सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीले पनि प्रतिस्पर्धा गर्न पाउनुपर्ने, सरुवा प्रणाली चक्रीय र पूर्वानुमानयोग्यजस्ता प्रावधान समावेश गर्दै संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने कर्मचारीहरुको भनाइ छ । सेवा सुरक्षा, पेशागत हित र वृत्ति विकासका मुद्दा अघि सारेर सरकारको ध्यानाकर्षण गर्न बाध्य भएको नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Government and civil servants at central level
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments