Incident Reports

क्याम्पस प्रमुख नियुक्तिको विरोधमा रिले अनशन

2022-08-05

Bagmati, Chitawan, Bharatpur

चितवन, साउन २० गते । रामपुर क्याम्पसमा क्याम्पस प्रमुखको नियुक्तिको विरोधमा नेविसंघले रिले अनशन सुरु गरेको छ । सिनियर प्राध्यापकलाई क्याम्पस प्रमुख नबनाएर जुनियर प्राध्यापकलाई अर्को व्यवस्था नभएसम्मको लागि क्याम्पस प्रमुखको रुपमा नियुक्ति गरेको भन्दै नेविसंघ आन्दोलित हुँदै आएको छ । प्रशासनमा अनिश्चितकालीन तालाबन्दी गर्दै आएको नेविसंघले शुक्रबारबाट क्याम्पस परिसरमै रिले अनशन समेत सुरु गरेको हो । क्याम्पस प्रमुखको नियुक्ति फिर्ता नभएसम्म आन्दोलन जारी रहने नेविसंघ रामपुर क्याम्पसका सचिव आशिष देवकोटाले जानकारी दिनुभयो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Strike/Bandh
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments