Incident Reports

सुर्खेतमा मोटरसाइकलको ठक्करले महिलाको मृत्युपछि आफन्तको प्रदर्शन

2022-08-06

Karnali, Surkhet, Birendranagar

माेटरसाइकलकाे ठक्करबाट एक महिलाको मृत्यु भएको विषयलाई लिएर शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आफन्तले आन्दोलन गरेका छन् । शुक्रबार दिउँसो रत्न राजमार्ग अन्तर्गत वीरेन्द्रनगरको बुदबुदीचोक नजिक बाटो काट्ने क्रममा लु ८५ प ५१६६ नम्बरको मोटरसाइकलले वीरेन्द्रनगर नगरपालिका-१२ कि ४३ वर्षकी बालकुमारी नेपालीलाई ठक्कर दिएको थियो । उनको उपचारका क्रममा कर्णाली प्रदेश अस्पतालमा मृत्यु भएको थियो ।

मृतकका आफन्त र परिवारका सदस्यले क्षतिपूर्ति र ठक्कर दिने मोटरसाइकलका चालकलाई कारबाहीको माग गर्दै यातायात बन्द गराएका थिए । केहीबेर यातायातका साधन बन्द गर्न खोजे पनि सम्झाइबुझाई गरेपछि राेकिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुरज कार्कीले बताए । मृतकका आफन्त र प्रशासनबीच छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीले मोटरसाइकल चालक सुर्खेतकै भेरिगंगा नगरपालिका–११ का २० वर्षीया बिनोद खड्कालाई पक्राउ गरि आवश्यक कारवाही अगाडी बढाएको जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth youth
National/Online Media

0 Comments