Incident Reports

महँगी, भ्रष्टाचारको विरोधमा कावासोतीमा प्रदर्शन

2022-08-10

पूर्वी नवलपरासी — महँगी, भ्रष्टाचारलगायत अनियमितता रोक्नु पर्ने भन्दै नेकपा एमालेले कावासोतीमा बुधबार सरकारविरुद्ध प्रर्दशन गरेको छ । प्रदर्शनकारीहरूले प्लेकार्ड र ब्यानर बोकेर कावासोती बजार परिक्रमा गरेका थिए । प्रदर्शन कोणसभा गरी समापन गरिएको थियो कावासोतीको फलफूल चोकमा आयोजित कोणसभामा बोल्दै एमाले केन्द्रीय सदस्य रवीन्द्र अधिकारी र जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले सरकार भ्रष्टाचारमा डुबेर जनजीविकाका सवालमा नागरिकलाई बेवास्ता गरेको आरोप लगाए । अधिकारीले नागरिकता विधयेक ल्याएर सरकारले देश र जनविरोधी काम गरेको पनि बताएका थिए । यस्तै पछिल्लो समय महँगी र अनियमितता बढेकोमा सरकारले रोक्नुपर्ने उनको माग थियो ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments