Incident Reports

३ दिनदेखि स्वास्थ्य केन्द्रमा ताला र काँडेबार

2022-08-12

Karnali, Rukum West, Chaurjahari, Ward 8

रुकुम पश्चिम – आधारभूत सेवाअन्तर्गत पर्ने स्वास्थ्य सेवा प्रवाह गरिरहेको एक स्वास्थ्य केन्द्रमा तालाबन्दी गरिँदा तीन दिनदेखि बन्द अवस्था रहेको छ । चौरजहारी नगरपालिका ८ लयटामा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा गएको शुक्रवारदेखि तालाबन्दी गरिएको हो । 

स्वास्थ्य सेवा केन्द्रमा कार्यालय सहायोगी राख्ने विषयमा जग्गाधनीले विवाद गरेर तालाबन्दी गरेका हुन् । स्वास्थ्य केन्द्र प्रमुख तिलक लामिछानेका अनुसार शुक्रवारदेखि नै कार्यालयमा ताला लगाउनुका साथै कार्यालय जाने बाटो बन्द गरिएको छ । कार्यालयको ढोकामा ताला, कार्यालय वरिपरि काँडा र तारबार लगाएर बन्द गरिएको लामिछानेले बताउनुभयो । शुक्रवार सार्वजनिक बिदा भएकोले कर्मचारी नआएका र आइतवार कार्यालय आउँदा बन्द देखिएपछि नगरपालिकामा खबर गरिएको स्वास्थ्य केन्द्र प्रमुख लामिछाने जनाउनुभयो । कार्यालयको गेटमा र मूल ढोकामा ताला लगाईएको छ । 

स्वास्थ्य केन्द्रको जग्गा उपलब्ध गराएका स्थानीय बलवीर पुन र उहाँको परिवारले कार्यालय सहयोगी आफ्नो मान्छे नराखेको भन्दै तालाबन्दी गरेका हुन् । जग्गादाताको परिवारलाई उपेक्षा गर्दै स्वास्थ्य केन्द्रको कार्यालय सहयोगीमा नगरपालिकाले अर्को मान्छे नियुक्ति गरेको भन्दै तालाबन्दी गरेको उनीहरूले जनाएका छन् । नगरपालिकाले स्वास्थ्य केन्द्रको कार्यालय सहयोगोयीको रूपमा स्थानीय सिर्जना घर्ती मल्ललाई नियुक्त गरेर पठाएको थियो । 

स्वास्थ्य केन्द्र बन्द भएपछि उपचारका लागि आएका बिरामीले सास्ती पाएका छन् । स्वास्थ्य केन्द्र बन्द भएको देखेपछि बिरामी बाध्य भएर चौरजहारी जान थालेका छन् । बिहानै आएका ज्वरो र रुघाखोकीका पाँच जना बिरामी फर्किएका स्थानीयवासीले बताएका छन् । स्वास्थ्य केन्द्रको तालाबन्दी खुलाउनका लागि वडा कार्यालयले पहल गरिरहेको बताइएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments