Incident Reports

गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित

2022-08-17

पोखरा, १ भदौ । गण्डकी प्रदेश सरकारले गरेको अंशबण्डा शुल्क, कर वृद्धि र चौतर्फी अनियमितताविरुद्ध नागरिक समाज कास्की आन्दोलनमा उत्रिएको छ । नागरिक समाज कास्कीले जिल्ला प्रशासन कार्यालय कास्की अगाडि सहिदचोकमा बुधबार यसको विरुद्धमा एक घण्टा धर्ना दिएको हो । उनीहरुले जनता अब जाग्दैछन्, तिम्रो राजीनामा माग्दैछन्, महँगो डिपिआर केका लागि ? मिलीजुली कसिमन खानका लागि, अधिकांश जनता के भन्छन्, महँगो प्रदेश भन्दैछन्, सडक बिनाको करोडौंको पुल के भन्छ ? प्रदेश सांसद नालायक हुन् भन्दैछ, अंशबण्डाका नाममा थोपरिएको अत्यधिक शुल्क खारेज गर, अध्ययन अनुसन्धान खर्च केका लागि, कार्यकर्ता र आफन्त पोस्नका लागि लगायत नाराअंकित प्डेकार्ड सहित धर्ना दिएका हुन् । संस्थाका पूर्व अध्यक्ष रामबहादुर पौडेलले नागरिक समाजले सरकारका जनताविरोधी गतिविधिको बेलाबेलामा यसैगरी खबरदारी गर्दै आएको बताए ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments