Incident Reports

सडक पीचको माग गर्दै थलीबासी फेरि आन्दोलित

2022-08-21

Bagmati, Kathmandu, Kageshwori Manahora, Ward 5

काठमाडौं : सडक पीचको माग गर्दै थलीका स्थानीयबासीले आइतबार सडक अवरुद्ध गरेका छन्। कागेश्वरी मनोहरा नगरपालिका-५ स्थित थलीका स्थानीय सडक मर्मतको माग गर्दै आन्दोलित भएका हुन्।

लामो समयदेखि आन्दोलन गर्दा पनि सडक मर्मत नभएपछि उनीहरु आाइतबार बिहान करिब ९ बजेदेखि सडक आन्दोलनमा उत्रिएका हुन्।

पूर्वप्रधानमन्त्री माधव नेपालको प्रभाव क्षेत्र मानिएको उक्त क्षेत्रमा स्थानीयले सडक कालोपत्रे गर्न माग गर्दै लामो समयदेखि आन्दोलित हुँदै आएका छन्।

आक्रोशित भएका स्थानीयले सडकमा बाँसका भाटा तेर्स्याएर राखेका छन्।

सडक अवरुद्धका कारण चाबहिल, बौद्ध, जोरपाटीहुँदै साँखु ,आलापोट,गाँगलफेदी चल्ने सम्पूर्ण सवारीसाधन ठप्प भएका छन्। रत्नपार्क,चाबहिलबाट गएका सावरी साधनहरु थली उकालोमै रोकिएका छन् भने उता साँघु, गाँगलफेदीबाट आएका सवारीहरु थलीमै रोकिएका छन्।

प्रदर्शनकारीले एम्बुलेन्स र विद्यालयका बसबाहेक अन्य सवारीलाई आउ-जाउमा रोक लगाएका छन्।

२०७८ चैत्रमा पनि सडक पीचको माग गर्दै स्थानीय आन्दोलित भएका थिए। त्यतिबेला एमालेका नेता रामेश्वर फुयाँलले तत्काल पीच गर्ने आवश्वन दिएपछि आन्दोलन स्थगित भएको थियो।

नगरपालिकाले नयाँ मेयर पाएपनि सडकको अवस्था ज्यूका त्यू रहेकाले आन्दोलनमा उत्रिनु परेको स्थानीयको भनाइ छ। हाल नगरपालिकाको मेयर उपेन्द्र कार्की छन्। उनी नेपाली कांग्रेसबाट स्थानीय तह निर्वाचनमा मेयर बनेका हुन्।

अहिलेसम्म सडक पीच नहुँदा स्थानीयले हिलो र धूलोबाट आक्रान्त भएका छन्।

केही समयअघि बौद्धका स्थानीयबासीले पनि सडक पीचको माग गर्दै आन्दोलित भएका थिए। आन्दोलनपछि उक्त सडक कालोपत्रे भएको थियो।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Road block
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments