Incident Reports

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चितवनमा प्रदर्शन

2022-08-21

Bagmati, Chitawan, Bharatpur

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका एक चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चितवनमा प्रदर्शन भएको छ । यहाँका चिकित्सकहरुले शनिवार भरतपुरमा विरोध प्रदर्शन गरेका हुन् । चिकित्सकहरुले आफ्नै घाउ सम्हानू कि बिरामीको ?, चिकित्सकमाथिको आक्रमण बन्द गर, चिकित्सकमाथिको हिंसा बन्द गर, वेल विदआउट जेल लगायतका नारा अंकित ब्यानर र प्लेकार्ड बोकेर प्रदर्शन गर्नुभएको छ । स्वतस्फूर्त रुपमा जम्मा भएर विरोध प्रदर्शन गरिएको भरतपुर अस्पतालका डा. दिपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । जुम्लामा अस्पतालकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले अस्पतालको आकस्मिक विभागमा कार्यरत डा करण साहलाई कुटपिट गरेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth unknown
National/Online Media

0 Comments