Incident Reports

जग्गाको मुआब्जा माग गर्दै रेल्वे विभागको जनकपुरधामस्थित कार्यालयमा धर्ना

2022-08-28

Madhes, Dhanusha, Janakpur

जनकपुरधाम- रेल्वे लिक निर्माणअन्तर्गत परेको जग्गाको मुआब्जा माग गर्दै पीडितहरूले रेल्वे विभागको जनकपुरधामस्थित कार्यालयमा धर्नामा बसेका छन्।

आइतबार महोत्तरीको बर्दीवासबाट आएका पीडितहरूले जिल्ला प्रशासन कार्यालयद्वारा प्रकाशित वर्गीकरण अनुसारको दररेट कायम गर्नुपर्ने माग गर्दै धर्नामा बसेका हुन्।

उनीहरूले जिल्ला प्रशासन कार्यालयले कायम गरेको वर्गीकरणको आधारमा मुआब्जा नदिई रेल्वेका कर्मचारीले मनमानी गरेर कम मुआब्जा दिन चाहिरहेको आरोप लगाए।

पीडितहरूले आफ्नो मागको बारेमा नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झासँग कुरा राख्दा उनले जग्गा मुआब्जाको जिम्मा कम्नीमा नभई विभागअन्तर्गत रहेकाले यसमा आफूले केही गर्न नसक्ने जवाफ दिए।

पीडितहरूले राखेको धारणालाई विभागमा पुर्‍याइदिने उनकाे भनाइ छ।

हाल भारतको जयनगरदेखि जनकपुरधामको कुर्थासम्म रेल्वे सेवा सञ्चालनमा छ।

पहिलो चरणअन्तर्गत कुर्थासम्म रेल्वेको काम सम्पन्न भई सञ्चालनमा आइसकेको छ भने दोस्रो चरणमा कुर्थादेखि महोत्तरीको बिजलपुरा र तेस्रो चरणमा बर्दिबाससम्म निर्माण गर्ने योजना रहेको छ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of private land
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments