Incident Reports

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै पीडित परिवारको प्रदर्शन

2022-08-29

Madhes, Parsa, Birgunj

वीरगञ्ज – उपचारको क्रममा डाक्टरले लापरबाही गरेको भन्दै मृतकका आफन्तले वीरगञ्ज हेल्थ केयर अस्पतालका चिकित्सकविरुद्ध प्रदर्शन गरेका छन्।

पर्साको छिपहरमाइ गाउँपालिका–२ चेरगाँहाका ३२ वर्षीय फिरोज मियाँ अन्सारीको वीरगञ्ज हेल्थ केयर अस्पतालका डा.आशिफ अन्सारीले उपचारमा लापरबाही गरेका कारण मृत्यु भएको भन्दै आफन्तले सोमबार प्रदर्शन गरेका हुन्।

उनीहरुले डा. अन्सारीलाई कारबाहीको माग गर्दै वीरगञ्जमा विरोध र्‍यालीसमेत निकालेका छन्।

भदौ ५ गते काठमाडौँको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका फिरोजको त्यसअघि वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार गरिएको थियो।

गत साउन २६ गते पथरीको उपचारको लागि हेल्थ केयर अस्पतालमा भर्ना भएका फिरोजको अस्पतालमा कार्यरत डाक्टर आशिफ अन्सारीको लापरबाहीले अप्रेशनका क्रममा बिरामीको नशा काटिएको पीडित परिवारको आरोप छ।

उनीहरुले पथरीको अप्रेशन गर्ने क्रममा डा.अन्सारीको लापरबाहीले फिरोजको अवस्था झनै बिग्रिएको र पछि काठमाडौँ रेफर गरे पनि त्यहाँ मृत्यु भएकाले उपचारमा संलग्न डाक्टर अन्सारीलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ।

नेपाल चिकित्सक संघले डा. अन्सारीलाई बचाउन खोजेको उनीहरुको आरोप छ। फिरोजको मृत्यु भएको भोलिपल्ट भदौ ६ गते नेपाल चिकित्सक संघले पनि पत्रकार सम्मेलन गरी फिरोजको मृत्यु भवितव्य भएको र त्यसमा डाक्टरको लापरवाही नभएको दाबी गरेको थियो।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
National/Online Media

0 Comments