Incident Reports

अघोषित लोडसेडिङविरुद्ध मलङवामा युवाहरुको प्रदर्शन

2022-08-29

Madhes, Sarlahi, Malangawa

हरेक दिन घण्टौँ अघोषित रुपमा लोडसेडिङ भइरहँदा सर्वसाधारण आक्रोशित बन्न थालेका छन्। यसै क्रममा सर्लाहीको मलङवाका युवाहरुले लोडसेडिङ विरुद्ध प्रदर्शन गरेका छन्।

अघोषित लोडसेडिङ बन्द गर, विद्युत् कर्मचारीको लापरवाही नियन्त्रण गरजस्ता नारा लगाउँदै युवाहरुले मलङवामा प्रदर्शन गरेका हुन्। विद्युतको समस्या तत्काल समाधान नभए अर्को चरणको आन्दोलन गरिने प्रदर्शनमा रहेका विद्यार्थी नेता समिमबाबु पठानले बताएका छन्।

मलङ्गवाका युवाले यसअघि पनि प्राधिकरणको कार्यालयमै पुगेर अनियमित विद्युत् कटौती नियन्त्रण गर्न ध्यानाकर्षण गराएका छन्। सर्लाही जिल्लाभर नै अनियमित विद्युत् कटौतीले सर्वसाधारण आजित छन्।

नवलपुरमा सवस्टेशन निर्माण भई सञ्चालनमा आएपछि अनियमित विद्युत् कटौती र भोल्टेजको समस्या समाधान हुने भनिए पनि समस्या हल हुन सकेको छैन। जिल्लामा मुख्य बजार क्षेत्रको तुलनामा ग्रामीण भेगमा विद्युत प्रवाहमा झनै समस्या छ।

ग्रामीण भेगमा छिनछिनमै बत्ती गइरहने र कुनै प्राविधिक समस्या आए मर्मतका लागि लामो समय लगाउने गरिएको स्थानीयले गुनासो गरेका छन्।

सर्लाहीका साथै रौतहटमा नियमित रुपमा लोडसेडिङ हुँदा सर्वसाधारणले ठूलो सास्ती भोगिरहेका छन्। सर्लाहीका युवाहरुले लोडसेडिङ विरुद्ध प्रदर्शन गर्दा सर्वसाधारण नागरिक उत्साहित भएका छन्।



Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments