Incident Reports

वडाध्यक्षको राजीनामा माग्दै सिम्ताको ३ नम्बर वडा कार्यालयमा स्थानीयले लगाए ताला :: सेतोपाटी संवाददाता :: Setopati

2022-09-06

Karnali, Surkhet, Simta, Ward 3

सुर्खेतको सिम्ता गाउँपालिका–३ को वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्।

मंगलबार स्थानीयले वडाध्यक्ष लोकबहादुर शाहीको राजीनामा माग गर्दै स्थानीयले वडा कार्यालयमा ताला लगाएका हुन्।

वडाध्यक्षले समाजमा गलत हर्कत गरेकोले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने स्थानीयले माग गरेका छन्।

वडाध्यक्ष शाहीले आफ्नो नाता पर्ने एक जना महिलासँग असभ्य तरिकाले कुरा गरेको अडिओ केही दिनअघि बाहिरिएको थियो। त्यसअघि पनि उनले गाउँमै वादी समुदायकी युवतीमाथि हातपात गरेको आरोप लागेको छ।

उनका अनुसार अध्यक्ष र उनले अडिओमा कुरा गरेकी महिलाबीच जेठाजु र बुहारी नाता पर्छ।

उनले वडाध्यक्ष शाहीले राजीनामा नदिए सामूहिक रूपमा मुद्दा प्रक्रियामा जाने बताए।

स्थानीयले विज्ञप्ति निकालेर अध्यक्षले राजीनामा दिनुपर्ने र प्रशासनले उनीमाथि छानबिन गर्नुपर्ने माग गरेका छन्।


Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments