Incident Reports

खानेपानी उपभोक्ता समितिको कार्यालयमा ताला

2022-09-18

Karnali, Rukum West, Musikot

रकम लिएर पनि उपभोक्तामा समावेश नगरेको भन्दै स्थानीयहरुले खानेपानी उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरेका छन्। जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर तीनमा २०७२ सालमा प्रति घरपरिवार दुई हजारका दरले रकम दिएर उपभोक्तामा समावेश गर्ने सहमति अनुसार रकम बुझाएपनि उपभोक्तामा समावेश नगरेको भन्दै खोलापानी, धरमपानी, मैदान लिफ्टिङ खानेपानी उपभोक्ता समितिको कार्यालयमा बडागाउँका स्थानीयहरुले ताला लगाएका हुन्। आफूहरुले पटक पटक उपभोक्तामा समावेश गर्न आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर ताला लगाउनुपरेको स्थानीय शंकर सिंह ठकुरीले जानकारी दिए। गरिब जनताहरूले दिनभर श्रम गरेर जम्मा गरेको रकम पनि नदिने र उपभोक्तामा पनि समावेश नगरेको भन्दै ताला लगाउनु बाहेकको विकल्प नरहेको उनको दाबी छ। सो समितिले १०७ घर धुरीको दुई हजारको दरले दुई लाख १४ हजार लिएर पानी पनि नदिने र पैसा पनि फिर्ता नगर्नु लज्जाको बिषय भएको ठकुरीको भनाई छ। ठकुरीले पाँच दिन भित्रमा रकम फिर्ता गर्न आग्रह गर्दै रकम फिर्ता नगरे कडा भन्दा कडा कदम चाल्ने बताए। यता उपभोक्ता समितिका अध्यक्ष हिरण्यलाल घिमिरेले कार्यालयमै ताला लगाउनु दुःखद भएको बताए। ताला लगाउनु भन्दा पहिले संवाद र छलफल गर्नुपर्नेमा ताला लगाएर उनीहरुले गल्ती गरेको बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N/A
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people N/A
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments