Incident Reports

उदयपुरको रौतामाईस्थित जनता मावि रसुवामा तालाबन्दी

2022-10-16

Province 1, Udayapur, Rautamai

उदयपुर – उदयपुरको रौतामाई गाउँपालिका–३ लाफागाउँस्थित जनता माद्यामिक विद्यालय रसुवामा शिक्षक अभावले पढाई प्रभावित भएको भन्दै विद्यार्थी र अभिभावकले सात दिने अल्टिमेटम दिँदै विद्यालयमा तालाबन्दी गरेका छन्।

स्थानीय राजनीतिक दलसहित अभिभावक तथा विद्यार्थीले विद्यालयमा विषयगत शिक्षक अभाव रहेको भन्दै आइतबार दिउँसो ३ बजेदेखि विद्यालयमा तालाबन्दी गरेका हुन्। विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र वडा कार्यालयलाई विद्यालयमा विषयगत शिक्षक व्यवस्थापन गर्न पटक-पटक माग गर्दासमेत सुनुवाइ नभएपछि स्थानीय खिलाराज राईको नेतृत्वमा स्थानीय राजनीतिक दल तथा अभिभावक, विद्यार्थीले सात दिनभित्र विषयगत शिक्षक व्यवस्था गर्न माग गर्दै माग पत्र बुझाएर तालाबन्दी गरेका हुन्।

विद्यालयको शैक्षिक सुधारका लागि अभिभावकद्वारा संर्घष समिति गठन गरेर ६ बुँदे माग राखी तालाबन्दी गरेको जनाइएको छ। उनीहरूले विद्यालयमा शैक्षिक सुधारको माग राखी तालाबन्दी गरेको राईले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people N
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments