Incident Reports

पीडितले न्याय नपाएको गुनासो l

2014-09-15

Nanda Ram Paudel कपिलवस्तु घटना पीडितहरूले राज्यबाट न्याय नपाएको गुनासो गरेका छन् । ०६४ भदौ ३० गते कपिलबस्तु जिल्लामा भएको घटनाको सम्झनामा ०७१ भदौ ३० गते चन्द्रौटामा आयोजित कार्यक्रमका सहभागी पीडितहरूले सर्वोच्च अदालतबाट पनि न्याय नपाए अन्तर्राष्ट्रिय अदालत जाने बताए । मोइत खाँको ०६४ भदौ ३० गते हत्या भए पछि भड्किएको हिंसाका कारण चन्द्रौटा ,कृष्णनगर, गणेशपुर, बिसनपुर, चनईलगायतका गाविसमा हत्या, बलात्कार, आगजनी गरी ठूलो धनजनको क्षति भएको थियो । हिसांका कारण भदौ ३० असोज १,२ र ३ गते गरी १४ जनाको हत्या भएको थियो । ८ सय घर, पसल तथा १ सय ६० सवारी साधनमा आगजनी गरी क्षति पुगेको थियो भने १० हजार भन्दा बढी नागरिक विस्थापित भएका थिए । उक्त घटनाका पीडितहरूले भदौ ३० गतेलाई कालो दिनको रूपमा सम्झँदै आएका छन् । सरकारले कपिलवस्तु घटनाको सम्बन्धमा छुट्टै उच्चस्तरीय छानविन आयोग गठन गरेको भए पनि आयोगको प्रतिवेदन सार्वजनिक गरिएन । आयोगले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गरी प्रतिवेदनका आधारमा क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरी सङ्र्घष समितिले सर्वोच्च अदालतमा २ वर्षअगाडि रिट दायर गरेको भए पनि रिटको सुनुवाई अझै सुनुवाइ भएको छैन । नन्दराम पौडेल

0 Comments

Related Reports