Incident Reports

बलात्कार तथा हिंसापीडित बिनु यादवद्वारा प्रदर्शन

2022-11-29

Bagmati, Kathmandu, Kathmandu

बलात्कार तथा हिंसा पीडित बिनु यादव र उनका केही समर्थकहरुले आज सर्वोच्च आदालतको गेटअघि प्रदर्शन गरेको छ । रामशाहपथस्थित सर्वोच्च अदालतअगाडि आज बिहान उनीहरुले न्यायको माग राख्दै प्रदर्शन गरेका हुन् । बिनुले लामो समयदेखि आफू बलातकार हिंसाको सिकार भएको भन्दै न्याय माग गरिरहेकी छन् । सोलुखुम्बुकी बिनु र रामेछापका प्रदीप कठायतबीच ०७४ फागुनमा काठमाडौंमा चिनजान भएर प्रेम सम्बन्ध बनेको र पछि प्रदीपले विवाह गर्ने आश्वासन दिई बलात्कार गरेको भनी उनले न्याय माग्दै अदालतको ढोका ढकढक्याएकी थिइन् । तर हालसम्म उनले न्याय नपाएको भन्दै विरोध र न्यायका लागि लडाइँ जारी रहेको बताएकी छन् । प्रहरी, प्रशासन, अदालत र नेताको आडमा आफूलाई न्यायबाट वञ्चित गरिएको उनकाे भनाइ छ । केही समयअघि उनले अदालतमै विष सेवन गरेकी थिइन् । विराेध प्रदर्शनमा उत्रिएका बिनु र उनकाे समूहलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments