Incident Reports

धनगढीमा ग्रेडरको ठक्करबाट बालिकाको मृत्यु, घटनाको विरोधमा स्थानीयले गरे प्रर्दशन

2022-12-01

Sudurpashchim, Kailali, Dhangadhi, Ward 5

धनगढीमा ग्रेडरले साइकललाई ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–५ स्थित हसनपुर पिपल चौतारा सडकखण्डमा आज बिहीबार बिहान कालिका कन्ट्रक्सनको ना १ क ९७५ नम्बरको ग्रेडरले ठक्कर दिँदा १५ वर्षीया चेतना साउदको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा पञ्चोदय माध्यमिक विद्यालय हसनपुरमा ८ कक्षामा अध्ययनरत बालिका साउदको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले जानकारी दिनुभयो । उहाँकाअनुसार बालिका साइकलमा स्कुल जाँदै गर्दा सडकको लेवल मिलाउँदै गरेको अवस्थामा ब्याक गर्ने क्रममा ठक्कर दिइएको थियो । ठक्कर दिने ग्रेडर चालक चितवनको भरतपुर महानगरपालिका–२८ का २७ वर्षीय बिमल कुमाल र ग्रेडरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको विरोधमा स्थानीयले प्रर्दशन गरिरहेका छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments