Incident Reports

न्यायका लागि अनसनरत अधिकारीको देहावसान, न्यायका लागि प्राणको आहुती l

2014-09-22

Bagmati, Kathmandu, Kathmandu

Online Desk/Vivek Dhungana काठमाडौँ । ०७१ असोज ६ गते छोराको हत्यारालाई कारबाहीको माग राखी ३ सय ३३ दिनदेखि आमरण अनसनमा बसेका गोरखा फुजेल- ७ गोरखाका ५६ वर्षीय नन्दप्रसाद अधिकारीको असोज ६ गते साँझ ५ बजे वीर अस्पतालमा निधन भएको छ । उनको शव पोष्टमार्टमा लागि शिक्षण अस्पताल लगिएको छ । उनीसँगै अनसनरत उनकी धर्मपत्नी गङ्गामायाको अवस्था पनि चिन्ताजनक रहेको आजै दिउँसो अन्य अधिकारकर्मीसिहत बीर अस्पताल पुगेर अधिकारी दम्पतीलाई भेटेर फर्किएका इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले बताए । नेपालको राजनीतिक इतिहासमा यस्तो दुःखद घटना कहिल्यै भएको थिएन, राज्यले पीडितको न्याय पाउने अधिकारप्रति देखाएको निर्लज्जपनाका कारण यो दुःखद घटना हुन पुग्यो प्याकुरेलले भने । सरकारले पीडितलाई न्याय दिलाउन सकेन, उसको लाचारीको पराकाष्ठा अधिकारीको घटनामा देखियो उनले अगाडि भने । सरकारले अधिकारी दम्पतीसँग गरेका प्रतिबद्धता पूरा गर्न गरेको आनाकानीका कारण अधिकारी दम्पतीले अनसन तोड्न अस्वीकार गर्दै आएका थिए । अधिकारी दम्पतीका १७ वर्षीय छोरा कृष्णप्रसाद अधिकारीलाई तत्कालीन नेकपा माओवादीका कार्यकर्ताले २०६१ साल जेठ २४ गते चितवनको बकुलहर चोकमा हत्या गरेका थिए । आफ्नो छोराको हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गर्दै अधिकारी दम्पती आन्दोलनरत थिए । लामो समयदेखि केही नखाएका कारण स्वास्थ्य अवस्था नाजुक बन्दै गएका अधिकारी दम्पतीलाई भेट्न, इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेल, वरिष्ठ पत्रकार कनकमणि दीक्षित, मानवअधिकारकर्मी सुदीप पाठक, नेपाल बार एशोसिएशनका महासचिव सुनिल पोखरेल आज दिउँसो बीर अस्पताल पुगेका थिए । न्यायका प्राप्तिका लागि दम्पतीले गरेको सङ्र्घषमा आफूहरूको पूर्ण समर्थन रहने, दोषीलाई कठघरामा ल्याउन सबैले साथ र सहयोग गर्ने भनी अधिकारकर्मीहरूले दम्पती अधिकारी सामु प्रतिबद्धता जनाएपछि उनीहरूले ग्लुकोज पानी खाएका थिए । अधिकारी दम्पतीलाई अक्सिजन र घाँटीमा प्वाल पारी नलीबाट प्रोटिन दिएर चिकित्सकहरुले बचाउँदै आएका थिए । नन्दप्रसादको निधन हुनु केही समय अघि मात्रै इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलले उनको नाडीको चाल ७० को हाराहारीमा हुनुपर्नेमा १ सय ४० पुगेको जानकारी दिएका थिए । अधिकारी दम्पतीले न्यायका लागि गरेको सङ्र्घष यात्राको घटनाक्रम ः थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला । इन्सेकअनलाइनडेस्क/ विवेक ढुङ्गाना

0 Comments

Related Reports