Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2022-12-20

Bagmati, Chitawan, Bharatpur, Ward 10

भरतपुर महानगरपालिका-१० बालमन्दिर रोडस्थित अरोमा कलेजमा कक्षा १२ मा अध्ययनरत विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा सोही कलेजका शिक्षक ५२ वर्षीय रामकृष्ण सुवेदीलाई प्रहरीले ०७९ पुस ५ गते गिरफ्तार गरेको छ ।  आफूहरूलाई कम्प्यूटर ल्यावमा काम गर्ने शिक्षकले यौन दुर्व्यवहार गर्ने गरेको भन्दै विद्यार्थीले पुस ५ गते कलेज भित्र नाराजुलुस गरेका छन् । उत्तेजित विद्यार्थीको भीडले ढुङ्गा इँटा प्रहार गर्दा कलेजका केही कोठाका झ्यालका सिसाहरू फुटेका छन् । आरोपित शिक्षक गिरफ्तार भए पनि घटनाका सम्बन्धमा उजुरी नपरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी विश्वराज पण्डितले जानकारी दिनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Other
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
INSEC

0 Comments