Incident Reports

प्रहरी कार्यालयमा ढुङ्गामुढा, तेह्र राउण्ड हवाइ र आठ राउण्ड अश्रुग्यास प्रहार

2022-12-21

Madhes, Saptari, Rupani, Ward 1

रूपनी गापा–१ रूपनीमा उत्पन्न तनावग्रस्त अवस्था नियन्त्रणमा लिने क्रममा प्रहरीले पुस ५ गते अश्रु ग्याँस र हवाइ फायर गरेको छ । सडक दुर्घटनामा बालिकाको मृत्यु पश्चात आक्रोशित बिद्यार्थी र अभिभावकहरूले रूपनी गापा–१ स्थित सडक अवरुद्ध गरी ईलाका प्रहरी कार्यालयमा ढुङ्गामुढा गरेपश्चात आठ राउण्ड अश्रु ग्यास र सर्ट गर्नबाट १३ राउण्ड हवाई फायर गरेको डिएसपी नरेशुकमार सिंहले जानकारी दिनु भयो । सिंहका अनुसार प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट ठक्कर दिने टिपर र इलाका प्रहरी कार्यालयको सबै झ्यालका सिसाहरू फुट्नुका साथै इन्स्पेक्टर नबिन थापा मगर र प्रमोद खडकासहित १० जना प्रहरी सामान्य घाइते भएका छन् ।
राजविराजबाट रूपनीतर्फ जाँदै गरेको ना. १ क ८५४२ नम्बरको टिपरको ठक्करबाट साइकलमा जाँदै गरेकी कन्छु नरप्रताप माध्यमिक विद्यालय रायपुरमा कक्षा ६ मा अध्यनरत रूपनी गापा–१ की १२ वर्षीया रीता कुमारी यादवको घटनास्थलमै मृत्यु भएको थियो । मृतक बालिकाको शव सडकमा नै राखेर स्थानीयबासी र विद्यार्थीहरू सडकमा टायर बाली प्रदर्शनमा उत्रिए पछि विहान साढे ९ बजेदेखि दिउँसो साढे ३ बजेसम्म सडक अवरुद्ध भएको । ६ घण्टा लामो सडक अवरुद्धले पूर्व–पश्चिम राजमार्ग भई आवतजावत गर्ने सयौ सवारी साधन रोकिदा हजारौ यात्री समस्यामा परे ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Violent demonstration
Weapons Small arms
Primary Cause Extra-judicial response to traffic accidents
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments