Incident Reports

राष्ट्र बैंकको गेटमा उद्योगीको धर्ना

2022-12-26

Province 1, Morang, Biratnagar

बैंकको चर्को ब्याजदरका विरुद्ध आन्दोलनमा उत्रिएका मोरङका उद्योगी व्यावसायीले नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय विराटनगरको प्रवेशद्वार अगाडि धर्ना दिएका छन् । सोमबार बिहानैदेखि धर्ना दिएका हुन् । उद्योगीको धर्नाका कारण राष्ट्र बैंकका कर्मचारी बाटोमै रोकिएका छन् । गेट अगाडि धर्ना बसेका उद्योगी व्यावसायीले बैंकका कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । सोमबार बिहान ९ बजेदेखि धर्ना सुरु गरेका उनीहरुले बेलुका ४ बजेसम्म धर्ना दिने तयारी गरेका छन् ।

बैंकको चर्को ब्याजदर घटाउन माग गर्दै बिहीबारयता उद्योगी व्यावसायीले निरन्तर आन्दोलन गरिरहेका छन् । आन्दोलनकै क्रममा उनीहरुले सोमबार राष्ट्र बैंकको प्रवेशद्वारका लागि धर्ना दिएका हुन् । सडक छेकेर उद्योगी व्यावसायीले धर्ना दिएपछि बैंकका कर्मचारी बाहिरै रोकिए । बैंकको ब्याजदर घटाउन माग गर्दै मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ सहित तीन दर्जन बढी संघसंस्थाले बिहीबारदेखि आन्दोलन गरिरहेका छन् ।

सरकार र नेपाल राष्ट्र बैंकको नीतिका कारण निजी क्षेत्र विस्थापित हुने अवस्था आएपछि चर्को ब्याजदर विरुद्ध सडक संघर्षमा उत्रनु परेको मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले बताए । एकल अंकको ब्याजदर कायम गर्नुपर्ने उनीहरुको माग छ । पछिल्लो समय बैंकको ब्याजदर १६ प्रतिशतसम्म पुगेको उनीहरुको गुनासो छ । स्प्रेड दर र संस्थागत ब्याजदर २ –२ प्रतिशत कायम गर्नुपर्नेलगायत माग छन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments