Incident Reports

बैतडीको एक विद्यालयमा पाँच दिनदेखि तालाबन्दी

2023-01-11

Sudurpashchim, Baitadi, Dilasaini, Ward 3

बैतडीको एक विद्यालयमा विगत पाँच दिनदेखि ताला लगाइएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ३ स्थित जनप्रिय आधारभूत विद्यालयमा अभिभावकहरुले नै तालाबन्दी गरिदिएपछि पाँच दिन देखि पठनपाठन प्रभावित भएको छ। पठनपाठन अवरुद्ध भएपछि विद्यार्थी पढाइबाट बञ्चित भएका छन्।

गत शुक्रबारदेखि अभिभावकहरुले विद्यालयमा तालाबन्दी गरेपछि विद्यालयमा पठनपाठन प्रभावित भएको शिक्षकहरुको भनाई छ। तालाबन्दीले पठनपाठन अवरुद्ध भएपछि बालबालिकाहरु समस्या परेका छन्। प्रधानाध्यापकले अनियमितता गरेको भन्दै अभिभावकहरुले गत शुक्रबार विद्यालयमा तालाबन्दी गरेका थिए। कक्षा ५ सम्म पढाइ हुने उक्त विद्यालयमा करिब ८० जना विद्यार्थी अध्यानरत रहेका बताइएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to corruption (other than tenders)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments