Incident Reports

धनकुटामा यातायात कार्यालयका प्रमुखमाथि दुर्व्यवहार

2023-01-25

Province 1, Dhankuta, Dhankuta

जिल्ला यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख बाबुराम लुइँटेललाई बुधबार एक समूहले दुर्व्यवहार गरेको छ । घूस लिएको आरोपमा उनलाई नेकपा (बहुमत) का कार्यकर्ताले बुधबार कार्यकक्षमै कालोमोसो दलेका छन् । तर घटनाबारे कार्यालय प्रमुख लुइँटेलले आफू कार्य कक्ष बाहिर रहेको बेला दुर्व्यवहार गरिएको बताए । 'कार्य कक्ष बाहिर प्यासेजमा रहेको बेला मलाई कालो मोसो दलियो,' उनले भने, 'मैले अतिरिक्त रकम लिएको छैन, तर दुर्व्यवहार गरियो ।'

पार्टीले विज्ञप्ति जारी गर्दै कार्यालयका कर्मचारी र विचौलिया प्रयोग गर्दै सवारी चालक अनुमति पत्र उपलब्ध गराउँदा १० देखि १८ हजार रुपैयाँ अतिरिक्त रकम लिएकोले चेतावनीका लागि सांकेतिक कारबाही गरिएको जनाएको छ । घटनामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी लक्ष्मीराज अधिकारीले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Weapons Other
Primary Cause Others types of mob justice
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
National/Online Media

0 Comments