Incident Reports

शहरी स्वास्थ्य क्लिनिकमा चारदिन अघि लगाइएको ताला अझै खुलेन

2023-01-23

Karnali, Salyan, Sharada, Ward 4

शारदा नगरपालिका–४ सुन्टाकुरास्थित शहरी स्वास्थ्य क्लिनिकमा चारदिन अघि लगाइएको ताला अझै खुलेको छैन । नगरपालिकाले मनोमानी ढङ्गले स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको र स्थानीयले राखेका मागको सम्बोधन नभएको भन्दै स्थानीयबासीले ०७९ माघ ९ गते स्वास्थ्य क्लिनिकमा ताला लगाएका हुन् । स्वास्थ्य क्लिनिकमा तालाबन्द भएपछि गर्भवतीको परिक्षण, बच्चाको तौल जाँच, परिवार नियोजनका साधन वितरण लगायत स्वास्थ्य सेवाबाट स्थानीयबासी बञ्चित भएका छन । २०७५ सालमा नगरपालिकाले आफ्नै भवनको व्यवस्थापन नहुँदासम्मको लागि भन्दै स्थानीय सालघारी सामुदायिक वन उपभोक्ता समूहको कार्यालय रहेको कोठामा शहरी स्वास्थ्य क्लिनिक स्थापना भएको थियो । स्वास्थ्य क्लिनिक सञ्चालन भएको करिब चारवर्ष हुँदा नगरपालिकाले जग्गाको खोजी, बजेट विनियोजन, स्थानीयाबासीको माग सम्बोधन लगायतका कार्य नगरेकाले शहरी स्वास्थ्य क्लिनिकमा ताला लगाएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष रोम प्रकाश थापाले जानकारी दिनुभएको छ ।

शहरी स्वास्थ्य क्लिनिकको छुट्टै व्यवस्थापन गर्न, जग्गा प्राप्तीको लागि पहल गर्न, शहरी स्वास्थ्य क्लिनिकमा रिक्त कर्मचारीको पदपूर्ति गर्दा स्थानीयलाई प्राथमिकता दिन माग गर्दापनि नगरपालिकाले बेवास्ता गरेकाले वन उपभोक्ता समूहको बैठकको निर्णय अनुसार आफ्नै सामुदायिक वनको भवनको गेटमा ताल्चा लगाइएको सालघारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष थापाले बताउनु भएको छ । सामुदायिक वनले शहरी स्वास्थ्य क्लिनिकलाई अन्य स्थानमा व्यवस्थापन गर्न मागगर्दै २०७९ मङ्सिर २८ गतेको निर्णय अनुसार माघ ३ गते शारदा नगरपालिकालाई पाँच दिनको अल्टिमेटम दिएको थियो । तर नगरपालिका र वडा कार्यालयबाट कुनै प्रतिक्रिया नआएपछि सामुदायिक वनको कार्यालयमा बस्दै आएको शहरी स्वास्थ्य क्लिनिक अन्यत्र सार्न मागसहित भवनको गेटमा ताला लगाइएको उहाँको भनाई छ ।

सामुदायिक वन उपभोक्ता समितिका सहसचिव खिमबहादुर बुढाथोकीले शहरी स्वास्थ्य क्लिनिकको भवन निर्माणको लागि जग्गा दान गर्न स्थानीय तयार भएको अवस्थामा समेत नगरपालिकाले बजेटको व्यवस्था गर्न नसकेको र कर्मचारी पदपूर्ति गर्दा स्थानीयलाई प्राथमिकता नदिएर मापदण्ड विपरितका कर्मचारी भर्ना गरेको आरोप लगाउनु भएको छ । नगरपालिकाले अहेव पदमा पहिल्यै बढी भएको कर्मचारी भन्दै फरक वडाको पठाएको सहसचिव बुढाथोकीको भनाई छ । स्थानीयलाई कर्मचारीको रुपमा भर्ना गर्दा आपतकालिन अवस्थामा समेत सहज हुनेभएपनि स्थानीयको मागको बेवास्ता गरेकाले नगरपालिका मातहत रहेको शहरी स्वास्थ्य क्लिनिकको लागि सामुदायिक वनको कोठा दिन नसक्ने निर्णयसहित ताला लगाइएको उहाँको भनाइ छ ।

यता शारदा नगरपालिकाले भने शहरी स्वास्थ्य क्लिनिक बसेको सामुदायिक भवनको गेटमा ताला लगाएको सुन्नमा आएको जनाएको छ । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा ताला लगाइएको भए कानुनी रुपमा अघि बढ्ने नगर प्रमुख प्रकाश भण्डारीले बताउनुभयो । ‘इच्छा लागेको बेलामा राख्न मिल्ने र इच्छा नलागेको बेलामा हटाउने ? त्यो मिल्दैन, सबैको पायक पर्ने स्थानमा नै स्वास्थ्य क्लिनिक छ, यो स्थानीय नागरिकको सहजताको लागि राखिएको हो’ उहाँले भन्नुभयो ‘यदी ताला लगाएर सेवा अवरुद्ध भएको भए, कानुनी रुपमा अघि बढ्छौँ ।’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
INSEC

0 Comments