Incident Reports

पत्रकार माथि दुर्व्यवहार

2023-01-24

Gandaki, Syangja, Aandhikhola, Ward 3

पोखराका पत्रकार प्रल्हादचन्द्र घिमिरे माथि माघ १० गते स्याङ्जामा दुर्व्यवहार भएको छ । खानेपानीको विषयमा समाचार संकलनका लागि स्याङ्जाको आँधिखोला गाउँपालिका ४ बाङ्सिङ, दह पुगेका पत्रकार घिमिरे माथि ठुलाखेत टोलका स्थानीय टोल विकास समितिका व्यक्तिहरूबाट दुर्व्यवहार भएको हो । आफु पत्रकार हो भन्दै परिचयपत्र देखाउँदा समेत, भिडियो किन खिचेको भन्दै मोबाइल खोस्ने, अपशब्द प्रयोग गरी तल्लोस्तरका गालिगलौज गरेको घिमिरेले बताउनु भयो ।

घटना लगत्तै घिमिरेले चिलाउनेबास प्रहरी चौकीमा आफुमाथि दुर्व्यवहार गर्ने स्थानीय अगुवाहरुको बारेमा प्रहरी चौकी प्रमुख हिमत बुढालाई जानकारी गराई दोषीमाथि कारबाहीको माग गर्नुभएको छ । महासंघका सचिव माधव बरालले माघ ११ गते विज्ञप्ति जारी गर्दैै समाचार संकलनकाक्रममा पत्रकार घिमिरेमाथि दुर्व्यवहार र भौतिक आक्रमणकै प्रयास गरिनु प्रेस स्वतन्त्रता माथिकै प्रहार भएको उल्लेख गर्नु भएको छ । घटनामा संलग्न दोषीलाई तत्काल कानून बमोजिम कार्वाही गर्न माग गर्दै आगामी दिनमा पत्रकारलाई भयरहित रुपमा समाचार संकलन, प्रशारण र प्रकाशनको वातावारण मिलाउन महासंघले आग्रह गरेको छ । घिमिरे पोखरास्थित फेवा टेलिभिजन र समाचारपाटी डटकममा आवद्ध हुुुनुहुन्छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Freedom of Expression
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
INSEC

0 Comments