Incident Reports

कार्यपालिकाविरुद्ध जनप्रतिनिधि आफैँ धर्नामा !

2023-01-30

Madhes, Saptari, Kanchanrup

सप्तरीको कञ्चनरूप नगरपालिकाका जनप्रतिनिधिहरू आफैँ कार्यपालिकाको कार्यालयअगाडि धर्ना बसेका छन्। उपप्रमुख मुनाकुमारी पोखरेलको नेतृत्वमा ६ जना वडाध्यक्ष र कार्यपालिका सदस्यसहित १५ जना जनप्रतिनिधि सोमबारदेखि दुईदिने धर्नामा बसेका हुन्। प्रमुख प्रशासकीय अधिकृत रेनुका साहको मनोमानीविरुद्ध सोमबारदेखि २ दिनसम्म पालिकामा धर्ना दिएको उपाध्यक्ष पोखरेलले बताइन्।

प्रमुख प्रशासकीय अधिकृत साहले एकलौटी गरेको निर्णय सच्चाउन माग गर्दै आइतबार नगरप्रमुख ललनप्रसाद गुप्तालाई आन्दोलन गर्ने चेतावनीसहितको ज्ञापन–पत्र बुझाए पनि सुनुवाइ नभएपछि धर्ना बस्न बाध्य भएको उनको जानकारी दिइन्। प्रमुख प्रशासकीय अधिकृत साहले आफ्नो मनोमानी तरिकाले १२ वडामा सचिव सरुवा गरेको कारणले आन्दोलनमा उत्रेको जनप्रतिनिधिहरूले बुझाएको ज्ञापन–पत्रमा उल्लेख छ।

उपप्रमुख पोखरेलको नेतृत्वमा गएका जनप्रतिनिधिहरूले पालिकामा ज्ञापन–पत्र बुझाएको थियो। धर्नाकारीहरूमध्येका कार्यपालिका सदस्य तनुकलाल शर्माका अनुसार सचिवको सरुवादेखि गत आर्थिक वर्ष ०७८-७९ को ४ करोड बजेटसमेत प्रमुख प्रशासकीय अधिकृत साहले फ्रिज गराएको बताए। नगरप्रमुख ललन गुप्ता र प्रमुख प्रशासकीय अधिकृत रेनुका साहले विकासको बजेट सञ्चालनदेखि कार्यपालिकाको निर्णय सहमतिसाथ नगरे थप सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए।

नगरप्रमुख गुप्ताले सुशासन र परदर्शिता लागि पालिकाभित्र रहेका केही बेतिथिहरूलाई सुधार गर्न जरुरी रहेकोले सबैको सहमतिमा सचिवहरूको सरुवा गरेको बताए। उनले पालिकाभित्रका नागरिकलाई सेवा सुविधा सहज रूपमा पुग्नका लागि धर्नामा बसेका जनप्रतिनिधिहरू आ–आफ्नो जिम्मेवारी बुझेर आन्दोलनका कार्यक्रम स्थगित गर्ने विश्वास व्यक्त गरे।

Details and Impacts
Violent / Non-violent Nonviolent
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments