Incident Reports

डाक्टरको लापर्बाहीले अस्पतालमा सुत्केरीकको मृत्यु भएको आफन्तको आरोप

2023-02-01

Bagmati, Sindhuli, Marin, Ward 3

मरिण गाउँपालिका-४ वाक्सिङटारकी २७ वर्षीया सीता तामाङको उपचारको क्रममा सिन्धुली अस्पतालका डाक्टरको लापर्बाहीले ०७९ माघ १८ गते मृत्यु भएको आरोप लगाउँदै मृतकका आफन्तहरूले माघ १८ गते अस्पताल परिसरमा विरोध प्रदर्शन गरेका छन् । सीतालाई सुत्केरी व्यथा लागेपछि पति लवाङ दोर्जे थिङले माघ १७ गते राती प्राथमिक स्वास्थ्य चौकी कपिलाकोट लगेकोमा त्यहाँ उपचार हुन नसकेपछि सिन्धुली अस्पतालमा रिफर गरिएको थियो ।

माघ १७ गते राती सिन्धुली अस्पतालमा ल्याइएकी सीतालाई डाक्टरको निगरानीमा डेलिभरी गराइएको थियो। सुत्केरी भएपश्चात उच्च रक्तश्राप भई उपचारको क्रममा सोही दिन उहाँलाई डाक्टरले मृत घोषणा गरेको सिन्धुली अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर उमेश प्रधानले बताउनुभयो । उहाँले सुत्केरीको मृत्यु हुनुमा डाक्टरको लापरबाही नभएको बताउनुभयो । सीतालाई राती अस्पतालमा ल्याईएको र डाक्टरको निगरानीमा नर्मल डेलिभरी गराइएको तर त्यसपछि उच्च रक्तश्राप र पाठेघर नखुम्चिएका कारण बचाउन नसकिएको उहाँले दाबी गर्नुभयो ।

अस्पतालमा आफन्तले डाक्टरको लापरबाहीले सुत्केरी सीताको मृत्यु भएको भन्दै नाराबाजी गरेपछि अस्पतालमा प्रहरीको उपस्थिती थियो । पीडित परिवार, अस्पताल र प्रशासनबीच गाउँपालिकाका प्रतिनिधिको उपस्थितिमा भएको छलफलपछि पीडितका परिवारले सीताको शव बुझेका छन् । नवजात शिशुको लालनपालनमा मरिण गाउँपालिकाले सहयोग गर्ने बताएपछि पीडित परिवारले शव बुझेको हो। डाक्टर उमेश प्रधानका अनुसार बच्चाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Extra-judicial response related to perceived healthcare malpractice/after death of patient
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments