Incident Reports

धादिङ रेडक्रसमा तालाबन्दी

2023-02-20

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङमा सोमबार तालाबन्दी भएको छ। रेडक्रस धादिङको ३६औँ साधारणसभा तथा १२औँ अधिवेशन चलिरहेको समयमा जिल्ला शाखाको कार्यालयमा आजीवन सदस्यहरूले तालाबन्दी गरेका हुन्। मार्पाक उपशाखाको साधारणसभा र अधिवेशन पुनः गर्न माग गर्दै मार्पाक उपशाखाका पूर्वसभापतिसमेत रहेका चन्द्रबहादुर अधिकारीको नेतृत्वमा रहेको टोलीले तालाबन्दी गरेको हो। मार्पाक उपशाखामा २ सय आजीवन सदस्यहरू रहेका छन्। ‘अधिकाशंलाई जानकारी नदिई साधारणसभा गरेकाले मार्पाक उपशाखाको साधारणसभा र अधिवेशन पुनः गर्नुपर्छ। पदका लागि होइन, पारदर्शिता र नीतिअनुसार चल्नुपर्छ,’ अधिकारीले भने, ‘साधारणसभा र अधिवेशन भएको जानकारी नपाएका १ सय २३ आजीवन सदस्यहरूको सहिछाप छ, कसैले जानकारी नै पाएनौँ। त्यसरी आएका उपशाखाका प्रतिनिधिलाई जिल्ला शाखाको अधिवेशनमा सहभागी गराउन हुँदैन।’

पुस २३ गते गरिएको उपशाखा अधिवेशन तथा साधारणसभामा आजीवन सदस्यहरूलाई खबर नभएर कार्यक्रममा नआएपछि साधारणसभा तथा अधिवेशन पुनः गर्न माग गर्दै पुस २८ गते जिल्ला शाखामा १ सय २३ आजीवन सदस्यहरूको हस्ताक्षरसहित उजुरी गरेको अधिकारीले बताए। जिल्ला शाखाले आजीवन सदस्यको माग सम्बोधन नगरेका कारण जिल्ला प्रशासन कार्यालयमा फागुन २ गते आजीवन सदस्यहरूको हस्ताक्षरसहित उजुरी गरिएकोमा सोही दिन जिल्ला प्रशासन कार्यालयबाट नेपाल रेडक्रस सोसाइटीलाई पत्रसहित स्पष्टीकरण सोधेको थियो। जिल्ला सभा सञ्चालन भइरहँदासमेत माग सम्बोधन नभएकाले आफूहरू न्यायिक निकायसमक्ष जान बाध्य भएको अधिकारीले बताए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CSO/NGO
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) CSO/NGO
Actor 2 - Youth na
National/Online Media

0 Comments