Incident Reports

बजार अनुगमनको विरोधमा हरिवनमा व्यापारीहरुको प्रदर्शन

2023-02-25

Madhes, Sarlahi, Hariwan

सर्लाहीको हरिवनमा बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको अनुगमन टोलीले बजारको अनुगमन गरेको भन्दै स्थानीय व्यापारीहरुले विरोध गरेका छन् । अनुगमन टोलीले अचानक आएर बजार अनुगनम गरेको भन्दै आक्रोसित भएका स्थानीय व्यापारीहरुले केही समय पुर्व पश्चीम राजमार्ग समेत अवरुद्ध गरेका थिए । बाणिज्य आपुर्ती तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जको अनुगमन टोलीले अचानक हरिवन बजार आएर अनुगमन गरी सामान्य गल्ती,कमि कमजोरीमा पनि जरिवाना तोकेको भन्दै हरिवनका व्यापारीहरु आक्रोशित भएका हुन् । कार्यालयले कुनै जानकारी नै नगराई आएको र अहिलेको देशको परिस्थिती अनुसार बजार अनुगमनको कुनै आवश्यकता नरहेको उनले बताए ।

बजार अनुगमन गर्नु स्वभाविकै भएपनि अहिले देशको आर्थिक अवस्थाका कारण व्यापारीहरु आत्मादाह गर्ने अवस्थामा पुगेका र यो अवस्थामा गरिएको बजार अनुगमनले व्यापारीहरुलाई डस्ने काम मात्र गरेको प्रधानले बताए । उनका अनुसार बजार अनुगमनको क्रममा अनुगमन टोलीले व्यापारीहरुका सामान्य कमी-कमजोरीहरुमा पनि सचेत गराउनु पर्नेमा एकै पटक जरिवाना तोकेका कारण हरिवनका व्यापारीहरु आक्रोशित भएका हुन् । अनुगमन टोलीले अचानक आएर सामान्य कमी कमजोरीहरुमा पनि जरिवाना तोकेपछि आक्रोशित हरिवनका व्यापारीहरुले केही समय पुर्व-पश्चीम राजमार्ग समेत अवरुद्ध गरे । विराेध भएपछि अनुगमन टोली फर्किएकाे छ ।

बाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगन्जका निमित्त कार्यालय प्रमुख सुरेश कुमार रेग्मीले देशको आर्थिक अवस्था खराब छ भन्दैमा अनुगमन नै गर्नु नमिल्ने भन्ने नरहेको बताए । व्यापारीहरुले राज्यको कानुन पालना गरेका छन् कि छैनन्, बजारमा कुनै गैरकानुनी कार्य भएका छन् कि छैनन्, व्यापार-व्यावसाय सञ्चालन गर्न नियमानुसार राज्यको कानुनमा बाँधिएका छन् कि छैनन् भन्ने विषयमा अनुगमन गरिएको र सचेत समेत गराएको उनले बताए । उनले राज्यले तोकेको कानुनको पालना गर्ने व्यापारीहरुलाई अनावश्यक दुःख नदिएको बताएका छन् । यता, व्यापारीहरुले अनुगमन टोलीले मनवीयता समेत त्यागेर व्यापारीहरुलाई अनावश्यक दुःख दिएको आरोप लगाएका छन् । स्थानीय व्यापारीहरुको चर्काे विरोधपछि अनुगमन समिति अनुगमन छाडेर फर्किएको छ ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments