Incident Reports

आफूमाथि कुटपिट भएको मध्यपुर थिमिका उपप्रमुख श्रेष्ठको दाबी- उपत्यका - कान्तिपुर समाचार

2023-02-26

Bagmati, Bhaktapur, Madhyapur Thimi

मध्यपुर थिमि नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठमाथि कुटपिट भएको दाबी गरेका छन् । मध्यपुर थिमि-४ दुईपोखरीस्थित ढुङ्गा छपाइको साइत गर्न पुगेका श्रेष्ठलाई स्थानीय एवं एमालेका नगर सचिव सुमन जोशी मिलेर कुटपिट गरेको श्रेष्ठले दाबी गरे ।

‘नगरप्रमुख, उपभोक्ता समितिका पदाधिकारी, स्थानीयलगायतको उपस्थितिमा ढुंगा छपाइको साइतका लागि दुईपोखरी पुगेका थियौं, जोशीले योजनाबद्ध रुपमै समूहमा आएर आक्रमण गर्‍यो,’ नगर उपप्रमुख श्रेष्ठले भने, ‘कुटपिट तथा हातपातका कारण कम्मर दुखेको छ ।’

जोशीले आफ्नो उपभोक्ता समितिले ढुंगा छपाइको काम नपाएको आवेगमा आक्रमणमा आएको समेत उपप्रमुख श्रेष्ठले दाबी गरे । ‘गतवर्ष जोशीकै नेतृत्वमा ढुंगा छपाइको काम सुरु भएको थियो । समयमा काम सम्पन्न गर्न सकेन, चित्त बुझ्दो काम भएन भनेर नगरपालिकाले अर्कैलाई ढुंगा छपाइको जिम्मा लगायो‚’ उनले भने ।

ढुंगा छपाइको साइत गर्न पुगेका नगरप्रमुख, उपप्रमुख, उपभोक्ता समितिमा विवाद गर्न आएपछि विवाद नगर्नुस् भन्दा आक्रमण गरेको श्रेष्ठले बताए । दुईपोखरीबाट सिद्धिकाली ओरालोसम्मको करिब ४ सय मिटर दूरीमा ढुंगा छपाइको योजना छ । उक्त ढुंगा छपाइका लागि करिब ७० लाख रुपैयाँ लागत रहेको समेत नगरपालिकाले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 5
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments