Incident Reports

प्रदेशको नाम 'कोसी' राखिएकोमा विरोध प्रदर्शन- कोसी

2023-03-03

Province 1, Morang, Biratnagar

मोरङ — प्रदेशसभाले बुधबार साविकको प्रदेश १ को नाम 'कोसी' पारित गरेको विरूद्ध विराटनगरमा शुक्रबार विरोध प्रदर्शन भएको छ ।

किरात, लिम्बुवान संघर्ष समितिले विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनजिक विरोध प्रदर्शन गरेका हुन् । उनीहरूले कोसी राजमार्ग जाम गरेर प्रदर्शन गरेका थिए ।

प्रदर्शनकारीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि प्रदर्शन गर्न जाने क्रममा प्रहरीले रोडशेषचोक जिकै उनीहरूलाई रोकेको थियो ।

९३ सदस्यीय प्रदेशसभामा कोसी प्रदेशको पक्षमा ८२ जना प्रदेश सांसदले मतदान गरेका थिए । विपक्षमा ४ जनाले मतदान गरेका थिए भने ६ जना प्रदेश सांसद अनुपस्थित रहेका थिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people N
Actor 1 - Affiliations Limbuwan/Khombuwan Organizations
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis