Incident Reports

अज्ञात पक्षको आक्रमणबाट मिसन टुडे राष्ट्रिय दैनिक पत्रिकाका गाडी चालक घाइते

2023-03-03

Lumbini, Banke, Kohalpur, Ward 13

मिसन टुडे राष्ट्रिय दैनिकका पत्रिकाका गाडी चालक कोहलपुर नगरपालिका–१२ का ३२ वर्षीय गणेश खत्री अज्ञात पक्षको आक्रमणबाट घाइते भएका छन् । मिसन टुडे राष्ट्रिय दैनिकको प्लेट लिएर नेपालगञ्जबाट कोहलपुर जादै गर्दा भे १ च ३८१२ नम्बर प्लेटको गाडीका चालक माथि फागुन १७ गते कोहलपुरको न्यूरोडमा मोटरसाइकल र स्कुटरमा आएका अज्ञात व्यक्तिहरूले गाडीमा तोडफोड गर्नुका साथै चालक खत्रीलाई कुटपिट गरेको मिसन टुडे राष्ट्रिय दैनिकका प्रकाशक विनोद पौडेलले बताउनु भयो ।

उनीहरूले गाडीको चावी, कागजपत्र नियन्त्रणमा लिएर कुटपिट पछि छाडेर भागेको पौडेलले बताउनु भयो ।

कुटपिटबाट मुखमा चोट लागेका घाइतेको फागुन १७ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार गरिएको थियो ।

घटनाका सम्बन्धमा मिसन टुडे राष्ट्रिय दैनिकका प्रकाशक विनोद पौडेलले फागुन १७ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा दिनु भएको छ ।

घटनामा सङ्लग्न व्यक्तिहरूको खोजीकार्य भइरहेको र उनीहरूले प्रयोग गरेकाे मोटरसाइकल धनी सम्पर्कमा आएकोले थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी सुन्दर तिवारीले बताउनु भयो ।

घटनाका सम्बन्धमा पत्रकार महासंघ बाँके शाखाले फागुन १८ गते प्रेस विज्ञप्ति प्रकाशन गरी घटनाले सुरक्षा सम्वेदनशिलता माथि गम्भीर प्रश्न उब्जाएको भन्दै घटनामा सङ्लग्न भएकाहरूको तत्काल पहिचान गरी कानुन बमोजिम कारबाही गर्न जोडदार माग गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Weapons None
Primary Cause Freedom of Expression
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Total Injured 1
INSEC

0 Comments