Incident Reports

गाउँपालिकाका उपाध्यक्षमाथि कार्यकक्षमै कुटपिट

2023-03-10

Sudurpashchim, Baitadi, Pancheshwar

पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष ३५ वर्षीया बिना भट्टमाथि फागुन २५ गते पञ्चेश्वर गाउँपालिक–३ का दिपकबहादुर चन्दले कार्यकक्षमै आएर कुटपिट गरेका छन् । चन्दले विद्युतीकरणको विषयमा विवाद गरी कार्यकक्षमै आफूमाथि कुटपिट गरेको पीडित उपाध्यक्ष भट्टको भनाइ छ । उहाँले भन्नु भयो– ‘मादक पदार्थ सेवन गरेका चन्दले बाटोबाट पिछा गरी कार्यकक्षमै पुगेर कुटपिट तथा दुव्र्यवहार गर्नु भयो ।’

कुर्सीमा बसिरहेकै बेला कुर्सीबाट तानेर लछारपछार गरी हातमा लिएको फलामको प्लासले चन्दले आफूलाई कुटपिट गरेको उपाध्यक्ष भट्टको आरोप छ । उपाध्यक्ष भट्टले आरोपित चन्द विरुद्ध फागुन २६ गते गाउँपालिका महासंघ र जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको छ । गाउँपालिकाका उपाध्यक्ष भट्टले आरोपित चन्द विरुद्ध जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनु भएको र दुबै पक्षलाई फागनु २८ गते कार्यालयमा बोलाएर छलफल गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताउनु भयो ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Other
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth noyouth
INSEC

0 Comments