2023-03-15
२ चैत, जनकपुरधाम । महोत्तरीको सम्सी नाकामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)का एक जवानले नेपाली युवकलाई कुटपिट गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । सम्सी गाउँपालिका–७ का सन्तोकुमार साहलाई एसएसबीले कुटपिट गरेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका छन् । नेपाली सीमा क्षेत्रबाट भारत प्रवेश गर्न खोज्दा एसएसबीले नेपाली नागरिकताको प्रमाणपत्र खोजेको विषयमा विवाद भएको र बुधबार अपराह्न साढे ५ बजेतिर साहलाई एसएसबीले कुटपिट गरेको स्थानीयको भनाइ छ ।
नेपाल तर्फको बाटो खराब भएकाले दशगजा क्षेत्रका नेपालीहरु भारतीय सडक हुँदै आउ–जाउ गरिरहन्छन् । सीमा क्षेत्रमा एसएसबीले पटक–पटक दुःख दिने गरेको गुनासो स्थानीयको छ । एसएसबीका जवानले बुधबार साहलाई दुर्व्यवहार र कुटपिट गरेको भन्दै सीमा क्षेत्रका नेपालीहरुले सम्सी नाकामा साँझ विरोध प्रदर्शन गरेका हुन् । सशस्त्र प्रहरी गणका अधिकृतले यो विषयमा दुवै पक्ष बसेर छलफल गर्ने बताएपछि स्थानीयले प्रदर्शन रोकेका थिए ।
सशस्त्र प्रहरी गण सम्सीका इन्सपेक्टर जयराम बस्नेतले यो विषयमा दुवै पक्षबीच आज छलफल हुने बताए । पटक–पटक भारतीय एसएसबीका जवानबाट कुटपिट र दुर्व्यवहारको घटना हुने गरेको स्थानीयको गुनासो रहेकाले यस विषयमा अब हुने दुई देशको सुरक्षा बैठकमा समेत छलफल गरिने इन्सपेक्टर बस्नेतको भनाइ छ ।
Violent / Non-violent | Nonviolent |
Primary Form | Demonstration |
Primary Cause | Other governance issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Foreign State |
Actor 2 - Youth | na |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD