Incident Reports

माइतीघर मण्डलामा ६ कम्युनिस्ट पार्टीनिकट किसान सङ्गठनको प्रदर्शन

2023-03-22

Bagmati, Kathmandu, Kathmandu, Ward 10

काठमाडौँ । ६ कम्युनिस्ट पार्टीनिकट किसान सङ्गठनहरूले विभिन्न मागसहित माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । लघुवित्तको आतङ्क बन्द हुनुपर्ने, मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, रासायनिक मलखादको व्यवस्था गर्नुपर्नेलगायतका मागहरु अभि सारेर कृषकहरूले प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनमा नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी केन्द्र), नेकपा (एकीकृत समाजवादी) निकट अखिल नेपाल किसान महासङ्घ, नेकपा (मसाल) निकट अखिल नेपाल किसान महासङ्घ (अप्फा), नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी), नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल किसान युनियन र नेकपा (माले) निकट अखिल नेपाल प्रगतिशील किसान सङ्घ सहभागी थिए । उनीहरुले आफ्ना मागप्रति सरकार संवेदनशील नभए थप संघर्षका कार्यक्रम तय गर्न बाध्य हुने चेतावनी दिएका छन् । 

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org , CPN (Maoist Center) and affiliated org , CPN-M (Baidya) , Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments