Incident Reports

परीक्षा केन्द्र टाढा राखिएको विरोधमा पनिकामा अनेरास्ववियुले लगायो ताला

2023-03-24

Bagmati, Kathmandu, Kirtipur

काठमाडौँ । परीक्षा केन्द्र टाढा राखिएको भन्दै अनेरास्ववियुले त्रिवि परीक्षा नियन्त्रण कार्यालयमा ताला लगाएको छ । अनेरास्ववियु जिल्ला समितिले परीक्षा केन्द्र टाढा राखिउको भन्दै ताला लगाएको हो । १२ चैतदेखि स्नातक तह चौथो वर्षको परीक्षा सञ्चालन हुदैंछ । पनिकाले परीक्षा केन्द्र टाढा राखेको भन्दै विद्यार्थी संगठनहरूले आन्दोलन गर्दै आएका छन् । अनेरास्ववियुले स्ववियु निर्वाचनको परिणामबाट अत्तालिएर विद्यार्थीलाई दुख दिने अभिप्रायले परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र टाढा राखिएको आरोप लगाएको छ । भोजपुरको परीक्षा केन्द्र संखुवासभा, बाँकेको बर्दिया, डोटीको कैलाली परीक्षा केन्द्र पारिएको छ । उक्त कार्यले विद्यार्थीलाई दुःख दिन खोजिएको भन्दै ताला लगाइएको अनेरास्ववियु त्रिवि जिल्ला समिति उपाध्यक्ष समिर राज विष्टले जानकारी दिए । विद्यार्थीहरूलाई दुःख दिने नियतका साथ एक जिल्लादेखि अर्को जिल्ला राखिएको उनको आरोप छ । यस विषयमा त्रि वि जिल्ला कमिटीले पटकपटक ध्यानाकर्षण गर्दा पनि बेवास्ता गरिएको हुँदा दबाब स्वरूप तालाबन्दी गरिएको उनले बताए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments