Incident Reports

पत्रकारलाई मार्ने धम्की घटनाका आरोपित गिरफ्तार

2023-03-23

महेन्द्रनगर पोष्ट दैनिकका सञ्चालक पत्रकार टेकसिंह धामीलाई चैत ९ गते फोन गरेर मार्ने धम्की दिएको आरोपमा प्रहरीले नेपाल विद्यार्थी संघका कार्यकर्ता ओमप्रकाश अवस्थीलाई चैत १० गते गिरफ्तार गरेको छ । समाचारको विषयलाई लिएर आफूलाई चैत ९ गते फोन गरेर गालिगचौज गर्दै टाउँको फुटाइ दिने भन्दै धम्की दिएपछि आरोपित विरुद्ध चैत ९ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडित पत्रकार धामीले बताउनु भयो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी घटनाबारे अनुसन्धान भइरहेको जिल्ला कार्यालय, कैलालीका डिएसपी कुलदिप चन्दले बताउनु भयो । घटनाको निन्दा गर्दै पत्रकार महासंघ, कैलालीले चैत १० गते विज्ञप्ती जारी गर्दै घटनामा संलग्नलाई कार्वाहीको माग गरेको छ ।


Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Threat/intimidation
Primary Cause Freedom of Expression
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
INSEC

0 Comments