Incident Reports

गोलबजारका मेयर श्रेष्ठमाथि दुर्व्यवहार, एक जना पक्राउ

2023-03-28

Madhes, Siraha, Golbazar

सिरहा — सिरहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि मंगलबार नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का कार्यकर्ताले मोबिल छ्यापेका छन् । प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला सेवाग्राहीका रुपमा आएका एक व्यक्तिले केही कागजहरु दिएजस्तो गरिरहेकै बेला सँगै आएका अर्को व्यक्तिले मेयर श्रेष्ठमाथि मोबिल छ्यापेका हुन् । मोबिल मेयर श्रेष्ठको शरीर र गाडीमा लागेको थियो । मेयर श्रेष्ठ सदरमुकाम सिरहामा आयोजित जिल्ला परिषदमा जानलाई गाडी चढ्ने बेलामा मध्यान्ह १२ बजे एउटाले कागज देखाएको र अर्कोले मोबिल छर्केको मेयरका सवारी चालक रामकेवल मण्डलले बताए । ‘मेयर गाडीमा चढ्न खोज्दै हुनुहुन्थ्यो, म पनि गाडी भित्र पसेको मात्र के थिए पानीको छिटा जस्तो लाग्यो’ उनले भने, ‘मोबिल गाडी र मेयर साबलाई लागिसकेको थियो ।’

गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले कार्यालयबाट सदरमुकाम जान गाडी चढ्ने बेलामा आफूमाथि मोबिल प्रहार भएको बताए । मोबिल प्रहारमा संलग्नलाई जनताले तत्काल पक्राउ गरेर प्रहरीमा बुझाएको उनले जनाकारी दिए । मेयर श्रेष्ठले पक्राउ परेका सिरहा नरहा गाउँपालिका–४ का ४३ वर्षीय साधुचरण महरालाई तत्काल कारबाही गर्न माग गरेका छन् । मोबिल छ्याप्नेहरुले नेपाल कम्युनिस्ट पार्टी (बहुमत) को जनसंघर्ष परिचालन समितिको पर्चा समेत छरेको छ । छरिएको पर्चामा गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठलाई लघुवित्तमार्फत गरिब जनतालाई उठिबास लगाएको, मिटरव्याजीहरुलाई संरक्षण गरेको, हटियाको करमा १ करोड ५२ लाख रुपैयाँ ब्रम्हलुट गरेको कारण जनकारबाही गरिएको उल्लेख छ ।

फर्जी कागज बनाई गोलबजार नगरपालिका–१ मुक्सार बाटोको ६२ लाख रुपैयाँ हिनामिना गरेको, अवैधानिक तरिकाले नदीको दोहन गरेको, अन्याय पूर्ण तरिकाले नगरपालिकामा कार्यरत कर्मचारी हटाईएको र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का नेता कार्यकता विरुद्ध सुराकी गरेकोले जनकारबाही गरिएको पर्चामा उल्लेख छ । जिल्लामा जनप्रतिनिधीमाथि मोबिल छ्यापेको पहिलो घटना हो । जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक शंकर प्रसाद चौधरीले मोबिल छ्यापेको घटनामा संलग्न नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का कार्यकर्ता सिरहा नरहा गाउँपालिका–४ का ४३ वर्षीय साधुचरण महरालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Harassment
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments