Incident Reports

रौतहटको गरुडामा गोली चल्यो, एक प्रदर्शनकारी घाइते

2023-04-12

Madhes, Rautahat, Garuda

रौतहट । रौतहटको गरुडामा प्रहरीको गोली लागेर एक प्रदर्शनकारी घाइते भएका छन् । दीपक यादव नेतृत्वको समूहले गरुडा नगरपालिका अगाडि गरेको प्रदर्शनका क्रममा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय गजेन्द्र यादव घाइते भएका हुन् । प्रहरीको गोली लागेर गजेन्द्र घाइते भएको दीपकले बताएका छन् । गोली यादवको काँखीमा लागेको बताइएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी छेदीलाल यादव घाइते भएपनि गोली लागे नलागेको यकिन नभएको बताए । घाइतेलाई गरुडामा सामान्य उपचार पछि थप उपचारको लागि वीरगंज पठाइएको छ । झडपमा क्रममा प्रहरीले १६ राउण्ड हवाई फायर गरेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Small arms
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments